आज मिति २०८२ चैत ५ गते बिहीबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।

मिथुन : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला ।

सिंह : व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । पेट सम्बन्धी समस्या आउला । शेयर बजारको लगानीले पनि साथ नदेला ।

तुला : मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजीबजार या शेयर बजारको लगानीले धन प्राप्त हुनेछ ।

धनु : आज कार्य सम्पादनमा समस्या आउला । सरकारी निकायको भय रहनेछ । मनमा शङ्का र अविश्वास उत्पन्न हुनेछ, तर आर्थिक लाभ भने हुनेछ ।

कुम्भ : आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

बृष : आज विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर मिल्नेछ ।

कर्कट : आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुचि बढ्नेछ । उपहारको सम्भावना पनि छ ।

कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

बृश्चिक : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर : अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मीन : मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?