
- तिब्बतको सीमावर्ती क्षेत्रमा थुनिएको ताल फुटेको छ।
- नेपाल प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- सुरक्षाकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान सूचना जारी गरिएको छ।
काठमाडौं ।तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा पानी थुनिएर बनेको ठूलो ताल फुटेको छ।

नेपाल प्रहरीले यसबारे जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीले सूचना जारी गर्दै भनेको छ,‘तिब्बत तर्फ पानीको बहाव पुनः फुकेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकार गराउन अनुरोध गरिन्छ।’
