प्रधानमन्त्री उद्धार कोषमा ६ उठ्यो २७ करोड ३३ लाख रुपैयाँ

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ।
  • गोर्खा ब्रुअरीले सबैभन्दा बढी १० करोड र अन्य विभिन्न बैंक तथा व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन्।
  • अर्थ मन्त्रालयका अनुसार यी सबै रकम अर्थमन्त्रीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

काठमाडौ -प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ ।

Workplace

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
एनआईसी एसिया बैंकले २ करोड २१ लाख सहयोग प्रदान गरेको छ । रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख प्रदान गरेको छ ।

निफ्रा बैंकले २ करोड ५० लाख प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । सारस वेवरेज (रेडबुल)ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मन्त्रालयका अनुसार यो रकम अर्थमन्त्रीलाई हस्तान्तरण भएको रकम हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?