त्रिशूली र नारायणी नदी किनारमा : ६४ शव भेटिए

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट हालसम्म ६४ वटा शव फेला परेका छन्।
  • भरतपुर अस्पतालको शवगृह भरिएकाले अब फेला पर्ने शव औद्योगिक प्रतिष्ठानमा व्यवस्थापन गरिनेछ।
  • बेपत्ताहरूको खोजीका लागि तीनवटै सुरक्षा निकाय निरन्तर परिचालन भइरहेका छन्।

काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा मानवीय क्षतिको भयावह अवस्था देखिएको छ । यी दुई नदीका किनारबाट मात्रै हालसम्म ६४ शव फेला परेका छन् ।

Workplace

फेला परेका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिँदै आए पनि अब त्यहाँ थप शव राख्न सकिने अवस्था छैन । शवगृहको क्षमता भरिएपछि आगामी दिनमा फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

- Advertisement -Workplace

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नदी किनारबाट बरामद भएका शवहरू भरतपुर अस्पतालमा राखिएको जानकारी दिए ।

पौडेलका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत चितवन ल्याइएको थियो । तर भरतपुरमा शव राख्ने पर्याप्त स्थान नभएपछि ती शव पुनः तनहुँ नै पठाइएको हो ।

यसैबीच, नदीमा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन् । उनीहरूले नदीका विभिन्न किनारमा शवको खोजीलाई निरन्तरता दिएका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?