नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

समाचार सारांश
Auto Generated by AI
  • नेपाल र भारतले सीमा सुरक्षालाई थप बलियो बनाउन संयुक्त गस्ती विस्तार गर्ने सहमति गरेका छन्।
  • सीमा क्षेत्रमा हुने अपराध र गैरकानूनी गतिविधि रोक्न दुवै देशबीच सूचना आदानप्रदान गरिनेछ।
  • बैठकमा सीमा स्तम्भको मर्मत र सीमा अपराध नियन्त्रणका लागि आपसी समन्वयमा जोड दिइएको छ।

नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।

Workplace

महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले जानकारी दिनुभयो ।

- Advertisement -Workplace

दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्ती विस्तार गर्नुका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको छ । बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित थियो ।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?