
- पछिल्लो चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्का घटना भएका छन्।
- ती घटनामा परी २५० जनाको मृत्यु र एक हजार छ सय बढी घाइते भएका छन्।
- सबैभन्दा धेरै आगलागी र पहिरोका घटनाबाट छ हजार दुई सय बढी परिवार प्रभावित छन्।
काठमाडौ – बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका छन् । ती घटनामा २५० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

गएको वैशाख १ यता हिजो ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका हुन् । यी घटनामा अहिलेसम्म आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार विपद्बाट यो अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन् । सबैभन्दा धेरै आगलागीका १ हजार १३६ घटना भएका छन् ।
त्यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५ र अन्य बाढी/हिमपहिरो, जनावरको आक्रमणलगायत रहेका छन्
