दाङका विभिन्न जंगलबाट ३७ नाल अ’वैध भ’रुवा ब’न्दुक बरामद

समाचार सारांश
Auto Generated by AI
  • दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
  • भदौ १ देखि ४ गतेसम्म सञ्चालित विशेष अपरेशनका क्रममा ती हतियार लुकाइछिपाइ राखेको अवस्थामा फेला परेका हुन्।
  • बरामद बन्दुकको स्रोत र संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

सागर मरासिनी , अर्घाखाँची – दाङका विभिन्न स्थानमा रहेका जंगल तथा सामुदायिक वनबाट प्रहरीले ३७ नाल अ’वैध भ’रुवा ब’न्दुक ब’रामद गरेको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न जंगलमा भ’रुवा ब’न्दुक लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा २०८३ भदौ १ गतेदेखि भदौ ४ गतेसम्म विशेष अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा खटिएको प्रहरी टोलीले जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका अवैध भ’रुवा ब’न्दुक फेला पारी बरामद गरेको हो।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुर, कमिरेचौर, मलवार, हापुरे तथा अमिलिया, प्रहरी चौकी पुरन्धारा, रामपुर, दुन्धौली, चिराघाटलगायतका प्रहरी इकाइबाट परिचालित टोलीले विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा खोजतलास गरेको थियो।

बरामद भएका बन्दुकहरू शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाका विभिन्न वन क्षेत्रमा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङले बरामद भएका अवैध भरुवा बन्दुकको स्रोत, प्रयोग तथा कसले लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?