काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढ्यो १ लाख ३० हजार १२९ यात्रुले लिए टिकट

समाचार सारांश
Auto Generated by AI
  • दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुहरूको चाप ह्वात्तै बढेको छ।
  • घटस्थापनायता झण्डै दुई लाख मानिस उपत्यकाबाट बाहिरिइसकेका छन्।
  • बिग्रिएका सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भई यात्रा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

काठमाडौ – दशैँ पर्व शुरू भएसँगै काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ ।

Workplace

अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा रहेका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढेको हो ।

- Advertisement -Workplace

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता सार्वजनिक गाडीमार्फत १ लाख ८७ हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नाका हुँदै ७८ हजारभन्दा धेरै मानिसले काठमाण्डाै छाडेका छन् ।

यसैबीच असोज २३ गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङमार्फत अहिलेसम्म १ लाख ३० हजार १२९ जना यात्रुले टिकट लिइसकेका छन् ।

यात्रुको चाप बढे पनि बिग्रिएका सडकका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाडी समयमै काठमाण्डाै फर्कन नसक्दा सञ्चालनमा समस्या भएको हो ।

महासङ्घले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादर बुझ्न र गाडीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?