क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

समाचार सारांश
Auto Generated by AI
  • एमाले अध्यक्ष ओलीले पार्टीभित्र बढेको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्।
  • विधि विपरीत चिया पसलमा बसेर नेतृत्व फेर्ने चर्चा चलाउनु हास्यास्पद र अराजकताको पराकाष्ठा भएको उनले बताएका छन्।
  • पार्टीभित्र अनुशासन कायम गर्न अब कडा कदम चालिने र नियम नमान्नेलाई कारबाही हुने उनले चेतावनी दिएका छन्।

काठमाडौ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्।

Workplace

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका हुन्।

- Advertisement -Workplace

अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ भएको बताएका छन्। पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।

पार्टीको एउटा विधि र विधान हुने भन्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको उल्लेख गरे। पार्टीमाथि वाह्य शक्ति र विरोधीहरूले तिब्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताए। अध्यक्ष ओलीले अब बस्ने केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पारे।

सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उनले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो। अस्ति मात्र महाधिवेशन सम्पन्न भएको छ। पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुन्छ। अहिले विरोधीहरूले तीब्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो। तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन। त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइनेछ। पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ। कुनैपनि संस्था वा संगठनमा काम गर्दा त्यसका नियम, नीति र अनुशासन मान्नुपर्छ। अब यही कुरा दृढतापूर्वक कार्यान्वयन गरिनेछ।’

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनैपनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह समेत गरे।रासस

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?