निर्माणाधीन सेप्टिट्याङ्कीमा डुबेर मुगुम १३ वर्षीय बालकको मृ´त्यु

समाचार सारांश
Auto Generated by AI
  • मुगुको रारा विमानस्थलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
  • खुला छोडिएको ट्याङ्कीमा पौडी खेल्ने क्रममा भामवाडाका गौरव भामको ज्यान गएको हो।
  • निर्माणस्थलमा बालबालिका सजिलै प्रवेश गर्न सक्ने अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

रतन बहादुर रावल
निर्माणाधीन सेप्टिट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

Workplace

मुगु – रारा विमानस्थल ताल्चामा निर्माणाधीन टर्मिनल भवनको करिब १४ फिट गहिरो शाैचालयकाे सेप्टिट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

छायाँनाथ रारा नगरपालिका–४ भामवाडा निवासी जयबहादुर भामका १३ वर्षीय छोरा गौरव भामको सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिएका छन्।

प्रनाउ थपलियाका अनुसार गौरवसहित अर्की एक बालिका पौडी खेल्न निर्माणाधीन सेप्टिक ट्याङ्कीमा पुगेका थिए। गौरव ट्याङ्कीभित्र पसेर डुबेका थिए भने बालिका भने ट्याङ्कीमा नपसेका कारण सकुशल रहेकी छन्।

प्रहरीका अनुसार निर्माणाधीन सेप्टिक ट्याङ्की खुला अवस्थामा रहेको र विमानस्थलको तारजालीबाट बालबालिका निर्माणस्थलभित्र प्रवेश गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?