
- हुम्लाको नाम्खामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ।
- जंगलमा लुकाएर राखिएको ५१ लाख ९३ हजार ६०० मूल्य बराबरको मदिरा बरामद गरिएको हो।
- बरामद गरिएको उक्त मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयको रोहबरमा नष्ट गरिनेछ।
हुम्ला, साउन २९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलाे परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेकाे छ ।
बिहिवार नाम्खा गाउँपालिका-२ काे नावलथाङबाट ठूलाे परिणामकाे अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे हाे ।

५९४ काटुनमा ७ हजार १२८ बाेतल अवैध चिनियाँ मदिरा र १९४ काटुन बाेर्डभाईजर ४ हजार ६५६ बाेतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।
जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएकाे प्रहरी नायव उपरीक्षक खडकाले बताउनभयाे ।
चिनियाँ अवैध मदिरा प्रतिबाेतलकाे अनुमानित बजार दर ५०० सय र बाेर्ड भाईजर बियरकाे ३५० मूल्य रहेकाे डिएसपी खडकाकाे भनाइ छ ।
नाम्खा गाउँपालिका-६ काे लिमि लाप्चा नाकाबाट ठूलाे परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको प्रहरीले जनाएको छ ।
बरमद गरिएको चिनियाँ मदिरा काेष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाकाे राेहबरमा नष्ठ गरिने प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयाे ।
अवैध मदिरा नियन्त्रणमा हुम्लाका सञ्चारकर्मीहरूले पनि प्रहरी प्रशासनलाइ सहयाेगकाे अनुराेध गर्नुभयाे । यस्ता गतिविधि राेक्न जिल्ला स्थित सराेकारवाला निकायहरूकाे भूमिका रहेकाे प्रजिअ गुरागाइले बाताउनुभयाे ।
