
- आज सुनको भाउ प्रतितोला आठ हजार रुपैयाँले बढेको छ।
- सुनको नयाँ मूल्य दुई लाख ९६ हजार रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ।
काठमाडौ – आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
