मुगुको निगाले गाउँका गाईगोरुमा अज्ञात रोगको प्रकोप: परीक्षणका लागि हड्डी र नमुना जिल्ला भेटेरिनरी मुगु पठाइयो।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकामा गाईगोरुमा फैलिएको अज्ञात रोगका कारण किसान चिन्तित बनेका छन्।
  • रोगको पहिचान गर्न प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर बिरामी पशुहरूको नमुना र हड्डी संकलन गरेको छ।
  • संकलित नमुना प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि मात्र थप उपचार प्रक्रिया अघि बढ्ने बताइएको छ।

रतन बहादुर रावल मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं.३ निगाले गाउँका कृषकहरूले पालेका गाईगोरुमा केही दिनयता फैलिएको अज्ञात रोगका कारण स्थानीयहरू चिन्तित बनेका छन्। गाउँलेहरूले गोठ तथा चरनका लागि पाँप्या लेख पाटनको खर्कतर्फ लगेका गाईगोरुहरू अचानक बिरामी पर्ने र मर्ने क्रम बढेपछि यो घटना बाहिर आएको हो।

Workplace

अज्ञात रोगका कारण केही गाईगोरु मरिसकेको र धेरैजसो बिरामी परेको समाचार प्रकाशित भएपछि मुगुको छायाँनाथ रारा नगरपालिका पशु स्वास्थ्य सेवा र जिल्ला पशु सेवा कार्यालय भेटेरिनरी को संयुक्त टोली तत्काल प्रभावित क्षेत्रमा पुगेको थियो।प्राविधिक टोलीद्वारा स्थलगत निरीक्षण र नमुना संकलन गर्न जिल्ला र नगरपालिकाबाट खटिएको संयुक्त प्राविधिक टोलीमा पशु स्वास्थ्य प्राविधिकहरू हंस बहादुर रावल, सुरेन्द्र डागर, मिम बोहरा, र गणेश शेजुवाल सहभागी हुनुहुन्थ्यो। टोलीले पाटन क्षेत्रमै पुगेर बिरामी पशुहरूको निरीक्षण तथा उपचारको प्रयास गरेको थियो।

स्थलगत निरीक्षणका क्रममा रोगको ठोस पहिचान हुन नसकेपछि प्राविधिक टोलीले रोग पत्ता लगाउन विभिन्न नमुनाहरू संकलन गरेको छ। टोलीले:५० भन्दा बढी गाईगोरुको बगाल बथान को वस्तुस्थिति अनुगमन गरेको छ,११ वटा बिरामी गोरुहरूको रगत, र्‍याल लगायतका नमुना सेम्पल लिएको छ,रोगको यकिन कारण पत्ता लगाउन मरेको गोरुको हड्डी समेत संकलन गरेको छ।प्रयोगशाला परीक्षण ल्याब टेस्ट का लागि पठाइयोको छ पशुहरूमा देखिएको यो अनौठो र अज्ञात रोग के कस्तो हो र यसको मुख्य कारण के हो भन्ने कुरा अझै पनि स्पष्ट भइनसकेको प्राविधिक टोली हंस रावल ले बताउनुभएको छ त्यसैले, संकलन गरिएका ११ वटा गोरुको नमुना र मरेको गोरुको हड्डीलाई विस्तृत ल्याब टेस्ट (प्रयोगशाला परीक्षण) का लागि जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाइएको प्राविधिक टोलीले जानकारी दिएको छ।ल्याब टेस्टको रिपोर्ट आएपछि मात्र रोगको वास्तविक पहिचान हुने र सोही अनुसार नियन्त्रण तथा उपचारको ठोस कदम चालिने पशु प्राविधिकहरूले बताएका छन्। पाटनमै गाईगोरु बिरामी पर्ने र मर्ने क्रम नरोकिएकाले स्थानीय कृषकहरूले चाडो भन्दा चाडो रोग पत्ता लगाई औषधि उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?