यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गण्डकी र लुम्बिनीका केही जिल्लामा गएराति भारी वर्षा भएको छ।
  • प्रमुख नदीहरूमा पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
  • आज र भोलि पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो । काठमाण्डौ उपत्यकासहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली, मर्स्याङ्दी, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ । गण्डकी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज पनि बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल, पहाड र तराई, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार भोलि पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका ठाउँ तथा डुबान हुने क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?