कपिलवस्तु स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ`त्यु, एकजना गम्भीर घाइते

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको शिवराजमा स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षीय दीपक विकको उपचारका क्रममा ज्यान गएको हो।
  • प्रहरीले स्कर्पियो चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि शनिबार मध्यरातमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

Workplace

शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियोले लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक दीपक विक गम्भीर घाइते भएका थिए। चन्द्रोटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छिन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?