भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

समाचार सारांश
Auto Generated by AI
  • प्रेस काउन्सिलले सामाजिक सद्भाव भड्काउने डिजिटल माध्यममाथि निगरानी बढाएको छ।
  • विवादास्पद सामग्री हटाउन निर्देशन दिइएका मध्ये १० वटा माध्यमले सामग्री हटाएका छन्।
  • दर्ता नभएका र भ्रामक सूचना फैलाउने ७ पेजलाई कानुनी कारबाहीका लागि साइबर ब्युरो पठाइएको छ।

काठमाडौ -प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ ।

Workplace

अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ ।

काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएकोमा १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् ।

पटकपटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ ।

यस्तै दर्ता प्रक्रियामै नआई सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरु ७ वटा सामाजिक सञ्जालका पेजविरुद्ध भने आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?