आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने युवक प´क्राउ

समाचार सारांश
Auto Generated by AI
  • सुर्खेतमा धर्मको नाममा दुर्व्यवहार गर्ने समीर थापालाई प्रहरीले पक्राउ गरेको छ।
  • महिलाको भेषमा पाथीभरा माता बनेका उनले मानिसलाई कुटपिट तथा दुर्व्यवहार गरेका थिए।
  • सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

काठमाडौ – सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामले चिनिने एक पुरुषलाई बुधबार पक्राउ गरेको छ। ‎पक्राउ पर्नेमा महिला भेषमा प्रस्तुत वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षीय समीर थापा रहेका छन्।

Workplace

 

- Advertisement -Workplace

‎‎उनी पाथीभरा माताका नामले चिनिन्छन् । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बाेहाेराका अनुसार, उनलाई बुधबार बेलुकी ८ बजेतिर नियन्त्रणमा लिइएको हो ।

‎उनले धर्मको नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै मानिसहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरिरहेका छन्। अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला निकै असहज देखिन्छन्।

‎साथै, उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैतला चटाउन भनिरहेका छन्।

‎‎उक्त फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दिपक मगराठीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

‎‎उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?