रवि लामिछाने सँग वार्ता गर्ने र गृहमन्त्रीलाई मागपत्र दिने व्यक्ति हरु रास्वपाकै भएको खुल्यो

काठमाडौ – सुनसरीमा साम्प्रदायिक तनाव उत्कर्षमा पुगेका बेला सत्तारुढ दल रवि लामिछानेले संवाद र समन्वयको पहल अघि बढाए ।

Workplace

प्रधानमन्त्री बालेन्द्र शाह ‘सिन’मै नदेखिएका बेला पार्टी सभापतिले लिएको पहलकदमीको निकै प्रशंसा भयो । यही क्रममा लामिछानेले हिन्दू र मुस्लिम धर्मका अगूवाहरुलाई सँगै राखेर वार्ता गरेका थिए ।

उक्त वार्ता ‘फलदायी’ भएपछि दुवैतर्फका अगूवाहरुले हात मिलाएर सौहार्दता प्रदर्शन गरेको तस्विर सार्वजनिक भयो ।

वार्तापछि हिन्दू र मुस्लिम समुदायका तर्फबाट भन्दै संयुक्त अपिल जारी गरियो । यसले तनावको माहोलमा निकै सकारात्मक तरंग फैलिएको थियो ।

तर उक्त संवादलाई लिएर एउटा नयाँ रहस्योद्घाटन भएको छ । संवादमा संलग्न दुईजना ‘हिन्दु अगूवा’मध्ये एकजना रास्वपाकै नेता रहेको खुलेको छ । उनी हुन् राजुराज फुँयाल ।

फुयाँल हालै चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर पराजित भएका थिए । त्यसअघि उनी रास्वपाको स्टार्टअप विभागमा थिए ।

फुयाँल विभाजित विश्वहिन्दू महासंघमा पनि आवद्ध छन् । महासंघको सचिवालय सदस्यको हैसियतमा आफू वार्तामा बसेको उनले नेपाल प्रेससँग बताए ।

‘परिस्थिति एकदमै जटिल थियो । त्यसैले महासंघका तर्फबाट महासचिव रामचन्द्र तिवारी र म वार्तामा गयौं । वार्ता सफल भएपछि चितवनमा आह्वान भएको बन्द फिर्ता लिइएको हो,’ उनले भने ।

विश्व हिन्दू महासंघ अहिले अनेक चोइटामा विभाजित छन् । त्यसमध्ये नेपाली कांग्रेसनिकट एउटा चोइटोको नेतृत्व रामचन्द्र अधिकारले छन् । यसको तर्फबाट महासचिव तिवारी वार्तामा बसेका हुन् । छोटो समयमा वार्तामा बस्ने टुंगो लागेकाले अध्यक्ष जान नभ्याएको फुयाँलको भनाइ छ ।

आफू रास्वपामा पहिल्यैदेखि आवद्ध रहेको उनले स्वीकारे । रास्वपालाई आध्यात्मसँग जोड्ने उद्देश्यले नै आफू यसमा जोडिएको तिवारीको भनाइ छ ।

रास्वपामा आफ्नो आवद्धताबारे उनी यसो भन्छन्, ‘म रास्वपाको अहिले साधारण सदस्य मात्रै हुँ । राजनीतिक हिसाबले भन्दा पनि मेरो पार्टीसँग आध्यात्मिक कनेक्सन हो । महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेको थिएँ तर हारेँ । रास्वपामा पनि मेरो मुख्य एजेण्डा सनातनी नै हो । मैले पार्टी सभापतिसमक्ष वैज्ञानिक आध्यात्मिक विश्वविद्यालयको प्रस्ताव राखेको छु । म हिन्दूभन्दा पनि ‘सनातनी’को पक्षपाती हुँ ।’

गृहमन्त्रीलाई मागपत्र बुझाउने पनि रास्वपाका स्थानीय नेता

धनुषामा हिजो गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाका नाममा एउटा मागपत्र बुझाइयो । उक्त मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि असिम साहलाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनेसम्मका माग छन् । यसरी मागपत्र प्रस्तुत गर्ने मुख्य व्यक्ति पनि रास्वपाका स्थानीय नेता भएको खुलेको छ ।

उनी हुन् जनकपुर उपमहानगरपालिका वडा ८ का रास्वपा वडासभापति शनी भगत । उनले पहिलो नम्बरमा नै हस्ताक्षर गरेका छन् ।

गृहमन्त्रीलाई मागपत्र थमाउने पनि उनै थिए । भगत वार्तामा बस्न भने पाएनन् । उनले हिन्दु सम्राट सेनाको प्रतिनिधि भनेर मागपत्रमा हस्ताक्षर गरेका थिए ।

तर उनी हिन्दु सम्राट सेना नेपालको क्रियाशिल सदस्य नरहेको बुझिएको छ । त्यसैले उनलाई सम्राटले वार्ता गर्न पनि नपठाएको एक सदस्यले नेपाल प्रेसलाई बताए । न्युज नेपाल प्रेस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?