लुम्बिनीमा सरकारबाट बाहिरियो पाँच मन्त्रीको राजीनामा

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका छन्।
  • कांग्रेस बाहिरिएपछि नयाँ गठबन्धनलाई बहुमत जुटाउन अन्य साना दलको साथ आवश्यक देखिएको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।

लुम्बिनी – नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच बनेको नयाँ सत्ता समीकरणपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका छन्।

Workplace

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

कांग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचै मन्त्रीको राजीनामा पार्टीको संसदीय दलको कार्यालयमा प्राप्त भइसकेको छ।

उनीहरूको राजीनामा सोमबार औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइनेछ। ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद सरकारबाट बाहिरिएपछि १३ सांसद रहेको नेकपा सरकारमा सहभागी हुने भएको छ। नयाँ समीकरणअनुसार सरकारलाई बहुमत पुर्‍याउन एमाले र नेकपालाई लोसपा वा अन्य साना दल तथा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार लोसपालाई समेत समेटेर एक–दुई दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?