ओलीले शिलान्यास गरेको शिलालेख हरायो

समाचार सारांश
Auto Generated by AI
  • नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दा राखिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शिलालेख हराएको छ।
  • आयोजना प्रमुखले शिलालेख कसैले नहटाएको तर कतै हराएको हुनसक्ने भन्दै खोजी भइरहेको बताएका छन्।
  • करिब १९ अर्ब लागतमा निर्माण भएको २.६८ किलोमिटर लामो यो सुरुङमार्गको उद्घाटन सोमबार हुँदैछ।

काठमाडौ – नागढुंगा सिस्नेखोला सुरुङमार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा राखिएको शिलालेख हराएको छ । ०७६ साल कात्तिक ४ मा उद्घाटन गरिएको सुरुङमार्गमा राखिएको शिलालेख हराएको हो ।

Workplace

 

- Advertisement -Workplace

उक्त शिलालेख नभेटिएको र खोजी भइरहेको सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालले बताए । “सामाजिक सञ्जालमा शिलालेख हटाइएको भन्ने कुराहरू आइरहेको छ, हटाइएको होइन,” उनले बाह्रखरीसित भने, “त्यो कतै मिस भएको जस्तो छ, हामी खोजी गर्दै छौँ ।”

 

आयोजना निर्माण गर्दा उक्त शिलालेख कतै हराएको हुन सक्ने उनको भनाइ छ ।

 

सोमबार (साउन ११) सुरुङमार्गको उद्घाटन गरिँदै छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न यो आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ हो ।

सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेज समेत गणना गर्दा कुल लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?