
- साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य बढेको छ।
- सुन प्रतितोला १६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० पुगेको छ।
- चाँदी ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँ कायम भएको छ।
काठमाडौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेको थियो ।
तर आज सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
भाउ बढेर आज सुन तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलामा दुई लाख ८५ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ चार हजार ३५० रुपैयाँ रहेको थियो ।
