यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू

समाचार सारांश
Auto Generated by AI
  • सरकारले गणेश नेपालीको आत्महत्या घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ।
  • मन्त्रिपरिषद्ले विभिन्न अदालतका अध्यक्ष र गुठी संस्थानको प्रशासकमा नयाँ नियुक्ति गरेको छ।
  • मिटरब्याजसम्बन्धी सम्झौता अनुमोदन गर्दै फर्जी लिखत अवैध घोषणा र विमानस्थल शुल्कमा छुट दिने निर्णय गरिएको छ।

काठमाडौ – सरकारले आत्मदाह गरी मृत्यु वरण गरेका गणेश नेपालीको घटना सम्बन्धमा न्यायिक समिति बनाउने निर्णय गरेको छ।

Workplace

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको हो।

- Advertisement -Workplace

हेर्नुस् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय
१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।
२.श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने।
३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने ।

४. २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने ।

५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३-०४-०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने ।

६. गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यत थ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने ।

७. आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?