मिडिया धेरै भए व्यवस्थित गर्नुपर्छः गणेश पराजुली

समाचार सारांश
Auto Generated by AI
  • मिडियाको संख्या अत्यधिक बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने रास्वपा उपनेता गणेश पराजुलीको भनाइ छ।
  • संसदीय पत्रकारितालाई मर्यादित र प्रभावकारी बनाउन न्यूनतम मापदण्ड तय गर्नुपर्नेमा उनले जोड दिएका छन्।
  • संसद् सचिवालयसँग समन्वय गरी पत्रकारहरूका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गरिनुपर्ने उनले बताएका छन्।

काठमाडौ –  राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मिडियाको संख्या अत्यधिक बढेकोले यसलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

Workplace

सोमबार सञ्चारकर्मीहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्यूनतम मापदण्ड तय गरिनुपर्ने बताए।

- Advertisement -Workplace

संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको भूमिकालाई प्रभावकारी बनाउन संसद् सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उनले बताए।

उनले भने, ‘पहिलेको अवस्थामा एक वा दुईवटा मात्र मिडिया थिए भने आज मिडियाको संख्या अत्याधिक बढेको छ। यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ। त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ।

यो वास्तवमै सोचनीय विषय हो। संसद् सचिवालयसँग समन्वय गरी यसलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने पक्षमा पनि हामीले काम गर्नुपर्ने आवश्यकता छ। जवाफदेहिता जति सांसदहरूको छ, त्यति नै सञ्चार जगतको पनि छ।’

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उनले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध रहेको बताए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?