दाङ मा फलफूलका बिरुवा निःशुल्क वितरण

समाचार सारांश
Auto Generated by AI
  • डिभिजन वन कार्यालय दाङले विभिन्न फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरेको छ।
  • वातावरण संरक्षण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यले बिरुवा वितरण गरिएको हो।
  • यस वर्ष नर्सरीबाट ठूलो संख्यामा फलफूल र अन्य बहुवर्षीय बिरुवा उत्पादन गरिएका छन्।

दाग्ङ–  डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले उत्पादन गरेका फलफूलका बिरुवा निःशुल्क रूपमा वितरण गरिएको छ । स्थानीय तह, सामुदायिक वन, संघसंस्था तथा सर्वसाधारणलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

Workplace

 

कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बालगायतका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको हो । यस कार्यक्रममार्फत वातावरण संरक्षणसँगै स्थानीयस्तरमा फलफूल खेती विस्तार गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

डिभिजन वन कार्यालय र गढवा सब–डिभिजन वन कार्यालयमा सञ्चालित नर्सरीबाट यस वर्ष एक वर्षे र बहुवर्षीय गरी ठूलो संख्यामा बिरुवा उत्पादन गरिएको छ । जसअनुसार एक वर्षे बिरुवा २ लाख १८ हजार ६३ र बहुवर्षीय बिरुवा ६१ हजार ३३७ उत्पादन गरिएको कार्यालयले जनाएको छ ।

फलफूलतर्फ १२ हजार ५९२ बिरुवा उत्पादन गरिएको छ । जसमा आँप ६ हजार ७५१, लिची २ हजार ६६०, कागती २ हजार १५०, कटहर ५३० र अम्बा ५०१ बिरुवा रहेका छन् ।

कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले हरियाली विस्तार, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै फलफूल खेतीलाई प्रोत्साहन गर्दै स्थानीयको आम्दानी बढाउने लक्ष्य पनि लिइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?