जंगली जनावर बचाउने क्रममा गाडी दु`र्घ`टना हुँदा ६ जना घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • मकवानपुरको रातोमाटेमा जंगली जनावर जोगाउने क्रममा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
  • वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको गाडी अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।
  • घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

Workplace

मंगलबार रातमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा जंगली जनावर बचाउने क्रममा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०४६९ नम्बरको गाडी अचानक जंगली जनावरले सडक काटेपछि चालकले नियन्त्रण गुमाउँदा गाडी चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाका बेला गाडीमा चालकसहित आठ जना सवार थिए। सवारमध्ये ६ जना घाइते भएका हुन्।

उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा नुवाकोट तादी गाउँपालिका-३ की ४२ वर्षीया सीता सुनार, सोही स्थानकी ५५ वर्षीया राधा सुनार, भारतको बिहार राज्य दरभंगा जिल्लाका २४ वर्षीय क्यामुल हक, पर्साको वीरगञ्ज महानगरपालिका-१५ का २३ वर्षीय रविकुमार गुप्ता, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ का ४८ वर्षीय पासाङ लामा र काठमाडौँ दक्षिणकाली नगरपालिका-५ का २७ वर्षीय कृष्ण तामाङ रहेका छन्।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न गाडीका चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाल प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनापछि प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट ट्राफिकसहितको प्रहरी टोली खटिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?