
- चितवनमा जारी रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रारम्भिक उम्मेदवारी सूची सार्वजनिक गरिएको छ।
- रवि लामिछाने मंगलबार नै सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन्।
- केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रिया बाँकी रहेकाले महाधिवेशन लम्बिने देखिएको छ।
काठमाडौ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको अन्तिम दिन बुधबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
केन्द्रीय सदस्यका लागि मतदान कहिले सुरु हुने भन्ने अझै ठेगान लाग्न सकेको छैन।
सभापतिमा रवि लामिछाने भने मंगलबार राति नै निर्विरोध चयन भइसकेका छन्। केन्द्रीय सदस्य चयन भएपछि बल्ल अन्य पदाधिकारीहरू चयन हुने भएकाले रास्वपा महाधिवेशन लम्बिने देखिएको छ।
