
- मुगुकी समाजसेवी दुर्गा रावलले आफ्नो जन्मदिनको अवसरमा दुर्गमका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभयो।
- आफ्नो बाल्यकालको अभाव र संघर्षलाई सम्झँदै उहाँले विद्यार्थीहरूको पढाइमा टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गर्नुभएको हो।
- स्टेशनरी सामग्री पाएपछि घण्टौँ हिँडेर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरू निकै हर्षित भएका छन्।
रतन रावल मुगु- विकट मुगु जिल्लामा जन्मेर हाल पर्यटन क्षेत्रमा सफल पहिचान बनाउनुभएकी मुगु छायाँनाथ रारा नगरपालिका का वडा नं वडा नं ४ कि समाजसेवी दुर्गा रावल ले आफ्नो जन्मदिनको अवसरमा दुर्गम गाउँका बालबालिकाहरू लाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । रावल ले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ८ मा रहेको श्री महादेव आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू वितरण गर्नुभएको हो ।विगतमा आफूले बाल्यकालमा भोग्नुपरेको अभाव र शिक्षा पाउन गरेको संघर्षलाई स्मरण गर्दै उहाँले विद्यार्थीहरूको अध्ययनमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले सो सहयोग गर्नुभएको जनाउनु भएको छ । सामग्री वितरण गर्दै। रावलले भन्नुभयो, “मैले सानैमा सहज रूपमा पढ्न पाइनँ । धेरै दुःख, कष्ट र संघर्ष गरेर आज यो ठाउँसम्म आइपुगेकी हुँ । आफ्नो त्यही विगतको स्मरण गर्दै आज आफ्नै ठाउँका भाइबहिनीहरूलाई सानो भए पनि खुसी साट्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।”
गाउँका विध्याथि लाई कापि, कलम लगायतका आवश्यक स्टेशनरी सामग्रीहरू पाएपछि विद्यार्थीहरू निकै हर्षित भएका छन् । सामान्य शैक्षिक सामग्री किन्नका लागि पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको सुनाउँदै विद्यालयका एक विद्यार्थी काला रावले भने, “हामीलाई एउटा कापी र कलम किन्न पनि सदरमुकाम गमगढीसम्म पुग्न तीन-चार घण्टा हिँड्नुपथ्र्यो । आज हाम्रै विद्यालयमा आएर म्यामले सामग्रीहरू बाँडिदिनुभयो, हामी एकदमै खुसी छौँ ।” सामग्री प्राप्त गरेपछि सम्पूर्ण विद्यार्थीहरूले दुर्गा म्यादमलाई जन्मदिनको सुखद शुभकामना समेत दिएका थिए ।

भौगोलिक रूपमा विकट मानिने यस क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि यो सहयोगले ठूलो राहत मिलेको विद्यालय परिवारले जनाएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
