नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ।
  • लामो समयदेखि दमबाट पीडित खरेल पूर्व शिक्षा राज्यमन्त्री र महिला तथा बालबालिका मन्त्री थिए।
  • उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपा राखिएको छ र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

काठमाडौ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ।

Workplace

८० वर्षका उमेरमा उनको आइतबार बेलुकी निधन भएको उनका छोरासमेत रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिएकेही वर्षदेखि ‘दम’ बाट पीडित उनको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गरिएको थियो।

राजेन्द्र २०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भएका थिए।

खरेलको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

सभापति गगन थापासहित पदाधिकारी तथा नेताहरूले खरेललाई पार्टी कार्यालयमा श्रद्धाञ्जली दिनेछन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार खरेलको अन्त्येष्टि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?