श्रमदानबाट नगरपालिका परिसरमा ढुंगेधारा निर्माण: गरे नगर प्रमुख विष्णुकुमार भाम ले

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिका परिसरमा सेवाग्राही र बटुवाका लागि ढुंगेधारा निर्माण गरी उद्घाटन गरिएको छ।
  • यो धारा कुनै ठूलो बजेट वा ठेक्का नभई नियमित श्रमदान अभियानमार्फत निर्माण सम्पन्न भएको हो।
  • नगर प्रमुखको नेतृत्वमा गरिएको यो सामूहिक प्रयासले विकासका लागि श्रमदानको संस्कृतिलाई थप मजबुत बनाएको छ।
श्रमदानबाट नगरपालिका परिसरमा ढुंगेधारा निर्माण:   रतन रावल मुगु  छायाँनाथ रारा नगरपालिका का सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका परिसरमा निर्माण गरिएको ढुंगेधाराको आज एक विशेष कार्यक्रम का बीच उद्घाटन गरिएको छ ।
नगर प्रमुख विष्णु कुमार भाम ज्यूले धाराको टुटी खोली औपचारिक रूपमा पानीको उद्घाटन गर्नुभएको हो ।
नगरपालिका आउने सेवाग्राही र बटुवाहरूलाई २४ सै घण्टा स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त ढुंगेधारा निर्माण गरिएको हो । यो संरचनाको विशेष पक्ष भनेको यसको निर्माण प्रक्रिया हो— जुन कुनै ठुलो बजेट वा ठेक्का प्रणालीबाट नभई नियमित श्रमदान अभियान मार्फत सम्पन्न गरिएको छ ।
नगर प्रमुख भामको नेतृत्वमा विगत केही समयदेखि प्रत्येक शनिबार (र आवश्यकता अनुसार शुक्रबार समेत) सञ्चालन हुँदै आएको श्रमदान अभियानले यसपटक ठोस सफलता प्राप्त गरेको छ । “सामूहिक प्रयास र इच्छाशक्ति भए विकास सम्भव छ” भन्ने गतिलो उदाहरण यो ढुंगेधारा निर्माणले प्रस्तुत गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णु कुमार ज्यूले यस पवित्र कार्यमा पसिना बगाउने र सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू, नगर प्रहरी तथा स्थानीय नगरवासीहरूप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । यस अभियानले नगरमा विकासका लागि श्रमदानको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?