
- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी गरेका छन्।
- मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो।
- यससँगै राष्ट्रपतिबाट प्रमाणीत हुने अध्यादेशको संख्या तीन पुगेको छ।
काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश–०८३ जारी गरेका छन्।

मन्त्रिपरिषद्बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

योसँगै सरकारले पठाएको ८ मध्ये राष्ट्रपतिबाट प्रमाणीत अध्यादेशको संख्या ३ पुगेको छ।
राष्ट्रपतिले यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए।
