गोरखापत्रका मुगु संवाददाता हरिकृष्ण ऐडि सम्मानित।

काठमाडौ – पत्रकारिताको माध्यमबाट समाजमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै गोरखापत्रकर्मी हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार सम्मानित हुनुभएको छ ।

Workplace

पत्रकारलाई उपराष्ट्रपति राम सहायप्रसाद यादवले एक समारोहबिच सम्मानित गर्नुभएको हो ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंको नक्सालस्थित सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा र उपराष्ट्रपति  यादवले पत्रकारलाई सम्मानित गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री शुसीला कार्कीले नगद २५ हजारसहित कदरपत्र प्रदान गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको आयोजनामा आयोगको ३५ औं स्थापना दिवसको अवसरमा समाचार, लेख रचनाको माध्यमबाट सूचना सम्प्रेषण गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गरेबापत सो कदरपत्र पत्रकारलाई प्रदान गरिएको छ ।

गोरखापत्रका लागि मुगुबाट समाचारदाता रहनुभएका पत्रकार ऐडीले विकास निर्माणसम्बन्धि, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा कलम चलाउँदै आउनुभएको छ ।

सो अवसरमा उकालो अनलाइनकी पत्रकार दिपा दाहाल, नेपाल समाचारपत्रका पत्रकार सुनिल महर्जन, लेखक तथा विश्लेषक डा. दिपेश घिमिरे, अनलाइन डटकमका पत्रकार शिलकनाथ ढकाल सम्मानित हुनुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?