गल्फुटारमा खड्काको छलफल, देउवा पक्षभित्रै रणनीतिक हलचल

समाचार सारांश
Auto Generated by AI
  • पूर्णबहादुर खड्काले भावी रणनीति तय गर्न गल्फुटारमा कांग्रेसका निकटस्थ नेताहरूको बैठक बोलाएका छन्।
  • पार्टीभित्रको विवाद र नेतृत्वसँगको बढ्दो तनावका कारण खड्का नयाँ राजनीतिक कदम चाल्ने तयारीमा छन्।
  • पार्टीभित्रको असन्तुष्टि चुलिँदै जाँदा नयाँ राजनीतिक संरचना वा वैकल्पिक समूह गठनको चर्चासमेत सुरु भएको छ।

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का पार्टी राजनीतिमा नयाँ मोड ल्याउने तयारीमा रहेको चर्चा चुलिएको छ। त्यसका लागि उनले शनिबार काठमाडौंको गल्फुटारस्थित आफ्नै निवासमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

Workplace

उच्च राजनीतिक स्रोतका अनुसार पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको शक्ति सन्तुलन तथा कानुनी अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी गरेका हुन्। विशेषगरी सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि उनले निकटस्थ नेताहरूसँग परामर्शलाई तीव्रता दिएका छन्।

स्रोतका अनुसार बैठकमा पार्टीभित्र देखिएको विवाद, नेतृत्व तहमा उत्पन्न असन्तुष्टि, संगठनात्मक पुनर्संरचना तथा आवश्यक परे वैकल्पिक राजनीतिक कदमबारे समेत छलफल हुन सक्ने बताइएको छ। आन्तरिक असहमति बढेमा ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ वा ‘नेपाली कांग्रेस लोकतान्त्रिक’ जस्ता नाममा नयाँ संरचना पुनर्जीवित गर्ने सम्भावनासमेत अनौपचारिक रूपमा चर्चा भइरहेको दाबी गरिएको छ।

खड्का सचिवालयका अनुसार बैठक शनिबार दिउँसो साढे ३ बजेका लागि तय गरिएको छ। बैठकमा निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य तथा खड्का निकट नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यसअघि पार्टीले पूर्णबहादुर खड्कामाथि कार्यबाहक सभापतिको नाममा समानान्तर गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। साथै उनको क्रियाशील सदस्यता समेत खारेज गर्ने तयारी भइरहेको विवरण सार्वजनिक भएपछि पार्टीभित्र तनाव थप बढेको थियो।

यसैबीच, पार्टीको आधिकारिकता सभापति थापा पक्षमा पुगेको व्याख्यापछि खड्का समूहले निर्वाचन आयोगमा नयाँ रणनीतिसहित अघि बढ्ने तयारी गरेको चर्चा पनि छ। यद्यपि यसबारे खड्का पक्षले औपचारिक प्रतिक्रिया दिएको छैन।

निकट स्रोतले भन्यो, “अहिले प्रारम्भिक चरणको छलफल मात्र हो। पार्टीभित्रको व्यवहार, नेतृत्वको दृष्टिकोण र आगामी परिस्थितिका आधारमा निर्णय हुनेछ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?