दाइजो प्रथाविरुद्ध उपसभामुख ठाकुरको कडा अडान: ‘दहेज हुने विवाहमा सहभागी हुँदिन’

समाचार सारांश
Auto Generated by AI
  • उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गर्नुभयो।
  • दाइजो लिनु-दिनु मात्र नभई त्यस्ता विवाहमा सहभागी हुनु पनि अस्वीकार्य भएको उहाँको भनाइ छ।
  • दहेजमुक्त समाजका लागि विवाह निमन्त्रणापत्रमै दाइजोविरुद्ध सन्देश राख्न र सामूहिक प्रयास गर्न उहाँले अपील गर्नुभयो।

काठमाडौं । उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने स्पष्ट घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले दहेजमुक्त समाज निर्माणप्रति आफू विगतदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो।

Workplace

उहाँका अनुसार पछिल्लो समय प्राप्त भइरहेका विवाहका निमन्त्रणापत्रहरूमा दहेजमुक्त भन्ने स्पष्ट सन्देश नदेखिनुले समाज अझै पनि कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको देखिन्छ। दाइजो लिनु–दिनु मात्र नभई त्यस्तो अभ्यासमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा उपस्थित हुनु वा भोज ग्रहण गर्नु समेत अस्वीकार्य व्यवहार भएको उहाँको भनाइ छ। यस्तो प्रवृत्तिले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उहाँले औंल्याउनुभएको छ।

उहाँले समाज रूपान्तरणका लागि व्यक्तिगत तहबाटै पहल आवश्यक हुनेमा जोड दिँदै सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। यही सोचका साथ आफूले दाइजो लेनदेन भएका विवाहमा सहभागी नहुने निर्णय लिएको जानकारी दिनुभयो।

साथै, उहाँले दहेजमुक्त, समानतामा आधारित र सभ्य विवाह संस्कारको प्रवर्द्धन गर्न सबैलाई अपिल गर्नुभएको छ। विवाह निमन्त्रणापत्रमै दाइजोविरुद्ध स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्दै सामूहिक प्रयासबाट मात्रै दाइजोमुक्त समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?