निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएका लोक बहादुर बि क ले पाएको तलब र भर्ताबाट ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे।

फागुन २१ गते तोकिएको  प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएका मुगु छायाँनाथ रारा नगरपालिका वडा नं ८ चुगा घर भएका लोक बहादुर बि क  म्यादी प्रहरीमा भर्ना भएका थिए। ४० दिनको सेवा बापत पाएको तलब र भर्ताबाट छायाँनाथ रारा नगरपालि का वडा नं ८ का तीनवटा विद्यालय का ४७ जना विद्यार्थीहरूलाई आफूले पाएको सेवा

Workplace

सुविधा र तलब बाट शैक्षिक सामग्री वितरण गरेका छन्। सानै उमेरमा बुवा गुमाएका लोक बहादुर घरको जेठा छोरा समेत हुन्। सानैमा आफूले पढ्न नपाएको स्कुल जान रहर हुँदाहुँदै पनि घरको आर्थिक समस्याका कारण आफूले बीचमै स्कुल छोड्नुपर्ने बाध्यता र आफूभन्दा पछाडिका चारवटा भाइ बहिनि को हेर्चा आफैले गर्नुपर्ने। घरको सदस्यताका रूपमा आफू र आफ्नो आमा मात्रै रहेको लोक बहादुर ले बताए। तर घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि उहाँको लगनशीलता र मेहनत र उहाँमा भएको सीप ले अहिले जसो तसो भाइबहिनीहरूलाई राम्रो शिक्षा दिक्षा दिइरहेको उनी बताउँ छ।

हालै मात्र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन प्रहरी भर्ना खोलेको नेपाल सरकार ले सूचना जारी गरेपछि आफूले जानकारी पाएपछि म्यादी प्रहरीमा उनले दरकस्ता दिए ४० दिनको यो जागरीबाट तलब र भत्ताबाट आफू जस्तै आफ्नो दुःखलाई सानै उमेरमा दाँजेर हेर्दा कोही आमा बाबा नभएका बालबालिका र टुहुरा बालबालिका लाई धेरै नभएपनि ती दलितका नानी बाबुहरूलाई म्यादी प्रहरीबाट पाएको तलब ले मुगुको छायाँनाथ रारा नगरपालिका वडा न८रहेका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका उनी बथाउ छन।वडा नं ८ मा रहेको श्री महादेव आधारभूत विद्यालय झ्यारी कर्णाली मावि टोप्ला र आफ्नै गाउँमा रहेको चुगाको विद्यालय कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको लोक बहादुर बिकाले बताएका छन्। म्यादी प्रहरी भर्नाको ४० दिन सकिए लगत्तै कर्णाली प्रदेशकै पर्यटकीय स्थल रारामा घोडा व्यवसाय गर्दै आएको पनि उनले बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?