१०० दिनभित्र सहकारी पीडितका बचत फिर्ता गर्छौं : रवि लामिछाने

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका हुन।

Workplace

सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने आश्वासन दिएका छन।

उनले अघिल्ला सरकारहरुले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको आरोप लगाए। ‘यसअघिका सरकारहरूले रविलाई थुन्न बाहेक कसैले पैसा फिर्ता पायो? पाएन।

अब रास्वपा नेतृत्वको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्छ,’ उनले भनेका छन।

उनले भूमिहीन समस्या समाधान पनि विज्ञ टोलीको आयोगबाट गर्ने बताए। उनले भने, ‘बालेनजीले भनेजस्तै दिन गनेर भूमिहीनका समस्या समाधान हुन्छ।

दलका मान्छेहरूको होइन, विज्ञहरूको शक्तिशाली आयोग बन्छ। त्यो आयोगले सिफारिस गरेको विषय रास्वपाले कार्यान्वयन गर्छ।’ सभापति लामिछानेले गरिबको झुपडीमा होइन, महलमा डोजर चल्ने बताए।

त्यस्तै उनले बाटोघाटो बनाउन नीति फेर्ने कुरा २० वर्ष सांसद बनेर पनि नसिकेको टिप्पणी गरे। उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘२० वर्ष सांसद बनेपछि बल्ल बाटो बनाउन नीति फेर्नुपर्छ भन्ने ज्ञान आयो। अब के के गर्नुपर्छ, उपकरण ल्याउनपर्छ कि प्रविधि ल्याउनपर्छ त्यो सबै रास्वपाले गर्छ,’ उन्को भनाई छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?