कपिलवस्तुमा दलित पत्रकारहरूको लागि तीनदिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

अनिल नेपाली

Workplace

कपिलवस्तु – कपिलवस्तु, शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा तीनदिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरीले गर्नुभयो । उपप्रमुख चौधरीले सञ्चार क्षेत्रमा सबैको समान पहुँच हुनुपर्ने र दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम महत्त्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य चिन्ता परियारले समुदायको आवाज उठाउन पत्रकारहरूको भूमिका निर्णायक हुने बताउनुभयो ।राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले सञ्चार क्षेत्रले समाजलाई अघि बढाउन मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाहले पत्रकारितामा विविधता र सबैको सहभागिता आवश्यक रहेको बताउँदै तालिम आयोजकलाई धन्यवाद दिनुभयो ।यसैगरी, एकोराब लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष राजु खरालले सञ्चार क्षेत्रको विकासले समाजमा सकारात्मक परिवर्तन ल्याउने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सचिव सनिउल्ला धोबीले ३ दिने तालिम अझ प्रभावकारी हुने अपेक्षा ब्यक्त गर्नुभयो  ।तालिममा कपिलवस्तु जिल्लाका सबै पालिकाबाट २/२ जना सहभागी भएका छन् ।कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तुका अध्यक्ष शम्भु विकको अध्यक्षता कार्यक्रम भएको थियो ।

अध्यक्ष बिकले यो तालिमले स्थानीय तहमा संचारकर्मीहरूको क्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।उक्त तालिमको सफल सञ्चालनका लागि विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, र बाणगंगा नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेका छन ।तालिमले स्थानीय पत्रकार र उद्घोषकहरूलाई व्यावहारिक ज्ञान र सीपमा अभिवृद्धि गर्ने आयोजकले बताएका छन्

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?