परिवर्तन सहज हुँदैन, तर सम्भव छ : रास्वपा महामन्त्री लम्साल

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले परिवर्तन सहज नहुने तर असम्भव पनि नभएको बताएका छन्।

Workplace

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री लम्सालले परिवर्तन सजिलै नआउने र त्यसका लागि समय लाग्ने उल्लेख गरेका छन्। तर परिवर्तन अत्यन्तै गाह्रो विषय नभएको उनको भनाइ छ।

उनले परिवर्तनको सुरुवात सोचबाट हुनुपर्ने र त्यसपछि देशमा देखिनुपर्ने उल्लेख गरेका छन्। “परिवर्तन सोचमा आउनुपर्छ, देशमा आउनुपर्छ,” उनले लेखेका छन्।

महामन्त्री लम्सालले देशमा विद्यमान भ्रष्टाचारप्रति असन्तोष व्यक्त गर्दै भ्रष्ट प्रवृत्तिका कारण नागरिकहरू विदेशिन बाध्य भइरहेको बताएका छन्। “भ्रष्टहरूले आज हामीलाई विदेश लखेटिरहेका छन्, भोलि हाम्रो पालो आउँछ,” भन्दै उनले वर्तमान अवस्थाप्रति चेतावनी दिएका छन्।

यसैबीच, महामन्त्री लम्सालले रूपन्देही क्षेत्र नम्बर १ बाट आसन्न फाल्गुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?