इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगुका खेलाडीको उत्कृष्ट प्रदर्शन

कर्णाली – प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगु जिल्लाका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाको नाम उजागर गरेका छन्। उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागिता रहेको थियो।

Workplace

प्रतियोगिताअन्तर्गत केटा तर्फ ४०–४५ केजी तौल समूहमा मुगुका भूपिन्द्र कामीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्। त्यसैगरी, २५–३० केजी तौल समूहमा दीपक बुढाले पनि प्रथम स्थानसहित स्वर्ण पदक हात पारेका छन्।

- Advertisement -Workplace

यस्तै, केटी तर्फ ३०–३५ केजी तौल समूहमा मुगुकी वर्षा साहानीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेकी छन्।
मुगुका खेलाडी तथा मार्शल आर्ट प्रशिक्षक आदेश विश्वकर्माका अनुसार प्रतियोगिता उच्च प्रतिस्पर्धात्मक रहे पनि नियमित अभ्यास, अनुशासन र प्रशिक्षकको मार्गदर्शनका कारण मुगुका खेलाडीहरू सफल हुन सकेका हुन्। उनले यस उपलब्धिले जिल्लाका बालबालिका तथा युवाहरूलाई मार्शल आर्ट खेलतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

मुगुका खेलाडीहरूको यस सफलताले जिल्लाको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय खेलप्रेमीहरूको भनाइ छ। उनीहरूले यस्ता प्रतिभाशाली खेलाडीहरूलाई थप प्रोत्साहन र सहयोग आवश्यक रहेको पनि बताएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?