साना किसान कृषि सहकारीद्वारा मृतक शेयर सदस्यका परिवारलाई दुर्घटना बिमा रकम हस्तान्तरण

अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लि. नरपानीले आफ्ना सम्पूर्ण शेयर सदस्यहरूको म्यादी दुर्घटना बिमा गराउँदै आएको छ । सो दुर्घटना बिमाको प्रीमियम शुल्क संस्था आफैंले तिर्दै आएको छ ।

Workplace

यसै क्रममा सहकारीको समूह नं. ८२ का शेयर सदस्य चोपलाल अधिकारीको सवारी दुर्घटनामा परी असामयिक तथा अकल्पनीय निधन भएपछि दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । बिमा दाबी स्वीकृत भएसँगै आज मिति २०८२ साल पौष ११ गते मृतक अधिकारीकी श्रीमती गोमा अधिकारीलाई रु. १,००,००० (एक लाख रुपैयाँ) बराबरको बैंक चेक हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रम संस्था अध्यक्ष, उपाध्यक्ष, सञ्चालक समिति सदस्यहरू, संस्था प्रबन्धक तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मृतककी श्रीमती गोमा अधिकारीले सहकारीले प्रीमियम शुल्क आफैं बुझाएर सदस्यप्रति जिम्मेवार भूमिका निर्वाह गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । आफूले व्यक्तिगत रूपमा बिमा प्रीमियम नतिरे पनि सहकारीकै पहलमा आज एक लाख रुपैयाँको चेक प्राप्त गर्दा निकै खुसी लागेको उहाँले बताउनुभयो ।

सहकारी संस्थाले आपत्‌कालीन अवस्थामा सदस्य तथा परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले दुर्घटना बिमा जस्तो सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । सहकारी अभियान निम्न वर्गको आर्थिक सशक्तीकरणका लागि महत्वपूर्ण ‘आर्थिक प्रजातन्त्र’ भएको उल्लेख गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनका आधारमा सहकारी सञ्चालन भइरहेको संस्थाको भनाइ छ ।

सहकारीको यस कदमले सदस्यहरूमा भरोसा बढाएको तथा सहकारीप्रति आकर्षण थपिएको स्थानीयहरूको प्रतिक्रिया छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?