अर्घाखाँचीमा विद्यार्थी बोकेको डबल क्याब दुर्घटना, चालकको मृत्यु, १५ जना घाइते

अर्घाखाँची,— अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–७ छिन्दीखोला क्षेत्रमा विद्यार्थी बोकेको डबल क्याब दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

Workplace

आज मिति २०८२ साल पौष ११ गते बिहान करिब ११:३० बजे धनचौर–नुवाकोट भित्री सडकखण्ड अन्तर्गत जनजागृति माध्यमिक विद्यालय धनचौरबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन नुवाकोटतर्फ जाँदै गरेका विद्यार्थीहरू बोकेको लु २ च ५१७९ नम्बरको डबल क्याब घुम्तीमा ब्याक हुन गई अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खस्न जाँदा दुर्घटना भएको हो।

दुर्घटनामा सवार १८ जना मध्ये १५ जना घाइते भएका थिए। घाइते सबैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको थियो। उपचारकै क्रममा चालक भुमिकास्थान नगरपालिका–१० पाकु निवासी ४५ वर्षीय रुद्र बहादुर पुन मगरको टाउकोमा गम्भीर चोट लागेपछि दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ। मध्यम घाइतेहरूमा १७ वर्षीया वर्षा राना, १६ वर्षीय विप्लव पुन, ४० वर्षीय शेषकान्त गैरे, १६ वर्षीया अमिसा खनाल, १५ वर्षीय विकास पेन्नी र १५ वर्षीया रितु घर्ति मगर रहेका छन्। विप्लव पुनसहित ३ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

अन्य घाइतेहरूमा सिम्रन घर्ति मगर, रञ्जिता थापा, वर्षा खनाल, अस्मिता नेपाली, अमृता नेपाली, आयुष नेपाली, वसन्ता थापा र सुन्दर घर्ति मगर रहेका छन्, जसको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट धनचौरबाट प्रहरी वरिष्ठ हवल्दार स्वस्तिक गौडेलको कमाण्डमा ४ जना तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल अस्थायी प्रहरी पोष्ट धनचौरबाट करिब ७–८ किलोमिटर पश्चिम पर्ने दुर्गम क्षेत्रमा रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?