छायाँनाथ रारा नगरप्रमुख भामले दोस्रो पटक सम्पत्ति विवरण सार्वजनिक

मुगु — छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले दोस्रो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

Workplace

नगरप्रमुखको जिम्मेवारी सम्हालेको एक सातामै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेर उदाहरण प्रस्तुत गरेका भामले यसपटक जेन–जी समूहको सहकार्यमा आफ्नै कार्यकक्षमा विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार नगरप्रमुख भामसँग १४ तोला सुन, २० तोला चाँदी, ११ लाख रुपैयाँ बैंक ब्यालेन्स तथा नगद मौज्दात रहेको छ। साथै, विभिन्न स्थानमा जग्गा समेत रहेको उल्लेख गरेका छन्।

उनका अनुसार मुगुको साविक कार्कीवाडा गाविसमा ४२,३१३ वर्ग मिटर, साविक श्रीनगर गाविसमा ५५८ वर्ग मिटर, साविक पिना गाविसमा ४,५५८ वर्ग मिटर तथा सुर्खेतको साविक लाटिकोइली गाविसमा दुई कित्ता गरी ३६२ वर्ग मिटर जग्गा रहेको छ।

छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँमा रहेको सात कोठे घर, गमगढी बजारको आठ कोठे घर तथा नेपालगञ्जको तीन तले घर आमा लालकली भामको नाममा रहेको उल्लेख गरिएको छ। यस्तै, गमगढी बजारको छ कोठे घर श्रीमती अनिता रावलको नाममा रहेको जनाइएको छ।

नगरप्रमुख भामले ती सम्पत्तिमा आफ्नो व्यक्तिगत हकदाबी नरहेको स्पष्ट पार्दै अधिकांश सम्पत्ति पुर्ख्यौली भएको बताएका छन्। आफ्नो नाममा कुनै पनि जग्गा नरहेको उनको भनाइ छ।
कार्यक्रममा जेन–जी समूह मुगुका प्रमुख राजेन्द्र शाहले नगरपालिकामा भएका विकाससम्बन्धी अनियमितताप्रति ध्यानाकर्षण गराएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?