मुगु जिल्लामा सुर्तीजन्य पदार्थ तथा मदिरा नियमनका लागि समन्वय बैठक र अनुगमन

समाचार सारांश
Auto Generated by AI
  • मुगुलाई धूम्रपान मुक्त बनाउन सरोकारवाला निकायबीच समन्वय र अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
  • सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रीमा कडाइ गर्दै कानुन कार्यान्वयनमा जोड दिइएको छ।
  • सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सचेतनासहित ६ बुँदे रणनीति अघि सारिएको छ।

रतन बहादुर रावल मुगु । जिल्ला स्तरमा सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

Workplace

स्वास्थ्य सेवा कार्यालय, मुगुको आयोजनामा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र जिल्ला समन्वयन प्रमुख मञ्जनबहादुर कार्की र जिल्लाका अन्य सरकारवाला निकाय स्वास्थ्यकर्मी पत्रकार समन्वयमा जिल्लालाई धूम्रपान मुक्त बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

- Advertisement -Workplace

कार्यक्रममा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ र सम्बन्धित नियमावलीका मुख्य कानुनी प्रावधानहरूबारे जानकारी गराउँदै जिल्ला अस्पताल मुगुका प्रमुख डक्टर दीपक जंग शाहि भन्नुभयो ऐन अनुसार सरकारी कार्यालय, शिक्षण तथा स्वास्थ्य संस्था, सार्वजनिक सवारी, होटल तथा कार्यस्थल जस्ता सार्वजनिक स्थलमा धूम्रपान र सुर्ती सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।

साथै, यस्ता स्थानमा निषेधको सूचना स्पष्ट देखिने गरी टाँस्नुपर्ने र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाइएको विषयमा छलफल भएको थियो
ऐनको दफा १७ अनुसार सार्वजनिक स्थलमा सुर्ती सेवन गर्नेलाई सुरुमा रोक लगाउने र नमानेमा वा पटक–पटक दोहोर्‍याएमा बाहिर निकाल्ने वा रु. १०० जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

यस्तै, अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने तथा शिक्षण र स्वास्थ्य संस्थाको १०० मिटर वरपर बिक्री गर्न निषेध गरिएको छ। त्यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जिल्ला अस्पतालको अनुगमन गर्दै।

जिल्ला अस्पताल पहिलेभन्दा अहिले सुधार उन्मुख हुँदै गएको बताउनुभयो

प्याकेटको बाहिरी कुल भागको कम्तीमा ७५ प्रतिशतमा चेतावनीमूलक सन्देश र चित्र हुनुपर्ने कानुनी व्यवस्थासँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको २०८१ को निर्देशिका अनुसार अब शतप्रतिशत भागमै घातक रोगको चित्र र चेतावनीमूलक सन्देश राख्नुपर्ने प्रावधानबारे समेत जानकारी दिइएको छ ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (WHO STEPS Survey Nepal, 2019) को तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत (करिब ३८ लाख) वयस्कले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको जानकारी दिइयो ।

जसमा पुरुष ४८.३ प्रतिशत र महिला ११.६ प्रतिशत रहेका छन् । त्यस्तै, ३३.५ प्रतिशत मानिस घरमै दोस्रो हातको धुवाँ (Second-hand smoke) को सम्पर्कमा पर्ने गरेको तथ्याङ्क छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि रोकथाम, उपचार र कानुनको प्रभावकारी कार्यान्वयन नै उत्तम नीति भएको निष्कर्ष निकाल्दै कार्यक्रममा छ बुँदे रणनीति अघि सारिएको छ ।

जसमा विद्यालय र समुदायमा सचेतनामूलक सन्देश प्रवाह, उमेर जाँच तथा बिक्रीस्थल अनुगमनमार्फत पहुँच नियन्त्रण, स्वास्थ्यकर्मीबाट परामर्श तथा उपचारमा सहायता, धूम्रपानमुक्त सुरक्षित वातावरण निर्माण, स्थानीय समूह र सञ्चारमाध्यमको परिचालन र नियमित निगरानी तथा समीक्षा समावेश छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?