प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।

Workplace

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएदेखि आइतबारसम्म सात वटा नयाँ राजनीतिक दल दर्ता भएको र सात वटा राजनीतिक दल खारेज भएको जानकारी दिएका हुन ।

हालसम्म १ सय २२ वटा राजनीति
दल निर्वाचन आयोगमा कायम रहेको उनले बताए ।

त्यस्तै प्रवक्ता भट्टराईले २८ वटा दल दर्ताको प्रक्रियामा नै रहेको जानकारी दिए ।

दर्ताको प्रक्रियामा रहेका दलले कागजात पुरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको हो ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान समेत गरिसकेको छ ।

प्रवक्ता भट्टराईले आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने जानकारी दिए ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न सूचना प्रकाशन गरिसकेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?