काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले छाडेर नयाँ पार्टी गठन गर्नु आफैंमा गल्ती भएको खुलासा गरेका छन्। पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा खनालले विगतमा नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु अविवेकी निर्णय भएको भन्दै पछुतो व्यक्त गरेका हुन्।

“नेकपा एमाले भनेको नेपालको कम्युनिस्ट आन्दोलनको एउटा बलियो संस्था थियो। त्यति ठूलो संस्थालाई त्यतिबेला छाड्नु, विद्रोह गर्नु नै गलत निर्णय रह्यो,” खनालले भने, “अहिले आएर कहिलेकाहीँ यस्तो लाग्छ कि व्यर्थै एमाले छाडेर नेकपा एसमा आएँ।”
खनालका अनुसार एमाले विभाजनको कारण अझै स्पष्ट रूपमा पुष्टि हुन नसक्नु आफैंमा त्यसको गलत निर्णय भएको प्रमाण हो। उनले भने, “जतिबेला पार्टी विभाजन गरियो, त्यो निर्णय किन गरियो भन्ने कुरा आजसम्म पनि पुष्टि भएको छैन। जब पुष्टि हुन्न, त्यसको अर्थ नै निर्णय गलत थियो भन्ने बुझिन्छ।” उनले भने ।
एमाले विभाजनको २०७८ साल भदौमा तत्कालीन नेकपा (एमाले) भित्र गहिरिँदो आन्तरिक विवादपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको नेतृत्वबारेको असहमति, कार्यशैलीप्रति असन्तुष्टि, र आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदै विभाजन गरिए पनि त्यसले अपेक्षित परिणाम भने दिन सकेन।
विभाजनपछि राजनीतिक उतारचढाव एमाले छाडेर नयाँ पार्टी बनाएपनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एस राष्ट्रिय राजनीति र चुनावी नतिजामा समेत प्रभाव पार्न असफल देखिएको थियो । संघीय संसदमा पार्टीको उपस्थिति झिनो रहेको छ भने केही प्रदेशहरूमा गठबन्धनको सहयोगमा सरकारमा सहभागिता गरे पनि पार्टीले जनस्तरमा आफ्नो पकड मजबुत बनाएको देखिँदैन। र पोछिल्लो समय एस पार्टी मा आएका पनि पुनः एमालेमा धेरै नेता कार्यकर्ता घर वापसी गरेका छ्न ।
पोछिल्लो समय एकीकृत समाजवादी पार्टीमा रामकुमारी झक्री समेत असन्तुष्ट व्यक्त गर्दै आएकी छिन । सो बिषयमा पार्टीले समेत उनलाइ स्पष्टीकरण सोधेको थियो ।

