चर्चित पत्रकार ऋषि धमलाले पार्टी खोलेको खुलासा पत्नी एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाले नयाँ राजनीतिक दल खोल्ने प्रक्रिया अघि बढाएका छन् । धमला प्रमुख संरक्षक रहने गरी ‘जनादेश पार्टी नेपाल’ नामक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको खुलेको हो ।

Workplace

निर्वाचन आयोगमा दर्ताका लागि पुगेको उक्त दलको अध्यक्षमा रमणकुमार कर्ण रहेका छन् । पार्टी निर्माणको प्रारम्भिक चरणदेखि नै आफ्नो संलग्नता रहेको पत्रकार धमलाले पुष्टि गरेका छन् । स्रोतका अनुसार धमला पत्नी एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ।

दलले निर्वाचन चिन्हका रूपमा ‘हातले समातेको माइक’ राख्ने प्रस्ताव गरेको छ । धमला स्वयं दल दर्ता निवेदन दिने क्रममा आयोगमा पुगेको पाइएको छ ।

उनले दर्ता प्रक्रियापछि हाम्रो नेपाल खोजखबर  संवाददाता सङ्ग  कुरा गर्दै भने,
“जेन–जी पुस्ताका माग र आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो दल अघि बढाइएको हो।”

धमलाको पार्टी दर्ता पहलसँगै नेपाली राजनीतिमा नयाँ चर्चाको विषय थपिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?