अर्घाखाँची मालारानीकि क्यान्सरपीडित २७ महिनाकी नविना जीवनमरणको संघर्षमा, सम्पुर्णमा आर्थिक सहयोगका लागि हार्दिक अपिल

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका–३ कावटनेटा टोलकी २७ महिनाकी नानी नविना नेपाली अहिले जीवन र मृत्युको भीषण द्वन्द्वमा छिन्। बुबा नबिन नेपाली र आमा सिम्रन नेपालीको काखमा खेल्नुपर्ने उमेरमा उनी अस्पतालको ओछ्यानमा शल्यक्रियाको पीडासँग जुधिरहेकी हुन् ।

Workplace

नविनालाई क्यान्सर जस्तो घातक रोगले आक्रान्त बनाएको छ। चिकित्सकका अनुसार उनको उपचारमा करिब १५ लाख रुपैयाँ लाग्नेछ। परिवारको आर्थिक अवस्था कम्जोर हुँदा परिवारसँग त्यो रकम जुटाउने कुनै माध्यम छैन।

आर्थिक संकटले झनै गहिरो घाउ बनाइरहेको बेला स्थानीय पत्रकार लिलामणी पोख्रेलले साथ दिदै नविना बचाउ अभियान सुरु गरेका छन्। उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।

आज नविनालाई केवल औषधि होइन तपाई हाम्रो साथ र सहानुभूति पनि चाहिएको छ। जो जहाँ छौं, सकेको आर्थिक सहयोग गर्न हार्दिक अनुरोध छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?