
- पोखराको कालिकास्थानमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।
- बस सडकबाट दुई सय मिटर तल खस्दा हालसम्म पाँचजना विद्यार्थी घाइते भएका छन्।
- प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन्।
कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ

सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तीव्र पारेको छ। हालसम्म ५ जना घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ।
अत्यधिक भिरालो भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि अन्य यात्रुहरूको उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन भने घटनाको थप विवरण आउन बाँकी छ।
