पासपोर्ट रोक्का गर्ने सरकारले जनमतको सम्मान गर्दैन: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने वर्तमान सरकारलाई औँल्याउँदै जनमतको सम्मान नगर्ने आरोप लगाएका छन्।

Workplace

शुक्रबार एमाले केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित विद्वत् वर्गसँगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष ओलीले संविधानको पालना नगरी सरकार चलाउनु लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताए। उनले भने, “पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो। विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन।”

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई संवैधानिक निकास दिनुपर्ने आवश्यकतामा जोड दिए। उनले हालको सरकारलाई “फेद न टुप्पोको सरकार” को संज्ञा दिँदै भने, “न जरा छ, न हाँगा — एउटा पहेँलो लहरो जस्तो, आकाशबेली जस्तो। कहाँबाट पलायो, कहाँबाट बढ्यो? यो सरकारले हाम्राे पासपोर्ट रोक्का गर्छ, के काम गर्छ यस्तो सरकारले?”

ओलीले आफू देशप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै भने, “केपी ओली भागेर जान्छ? मर्न परे यस देशमै मर्छ। सुकरात त भागेका थिएनन्, आजको केपी ओली किन भाग्छ?”

उनले वर्तमान सत्ता अभ्यासले संविधान र जनमतको उल्लङ्घन गरेको आरोप लगाउँदै लोकतान्त्रिक मार्गमै मुलुक अघि बढाउन आवश्यक रहेको बताउनुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?