रवि लामिछाने र पूर्व डिआईजी जोशीको मुद्दा : उच्च अदालत बुटवल इजलासको फाइल झिकाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीसँग सम्बन्धित मुद्दाको फाइल झिकाउन उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।

Workplace

सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछाने र जोशीले थुनामुक्त हुनसक्ने बिगो बराबर रकम धरौटीमा जम्मा गर्न अनुमति माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा आज इजलासले प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित सम्पूर्ण फाइल माग गरेको हो।न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले उक्त आदेश दिएको हो।

- Advertisement -Workplace

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशी पक्षका कानुन व्यवसायीको निवेदनपछि स्थगित गरिएको थियो। त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले जोशीको मुद्दा पनि एकै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ सुनुवाइ हुने आदेश दिएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?