स्व. डा. दुमनसिंह थापा स्मृति कप–२०८२ : नरपानीमा खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने

अर्जुन थापा  (अर्घाखाँची) — शुभ दीपावली र छठ पर्वको अवसर पारेर सन्धिखर्क नगरपालिका–६ नरपानीमा “स्व. डा. दुमनसिंह थापा स्मृति कप–२०८२” खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

Workplace

सामूहिक गंगा सरोवर युवा क्लब  नरपानी–६ द्वारा आयोजित यो प्रतियोगिता “ स्वर्गीय डा. दुमन सिंह स्मृति कप” को दोस्रो संस्करणका रूपमा सञ्चालन हुने छ। प्रतियोगितामा नरपानी र आसपासका विभिन्न क्लब तथा टिमहरूको सहभागिता रहने आयोजक समितिले जानकारी दिएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित असोज २९ गते बिहान ११:०० बजेबाट नरपानी बजारमा खेलको उद्घाटन हुने कार्यक्रम संयोजकले बताएका छन्। खेलकुदको माध्यमबाट युवामा अनुशासन, स्वस्थ प्रतिस्पर्धा र सामूहिकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा विजेता टिमलाई रु. ३५,५०५ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै दोस्रो स्थान प्राप्त टिमले रु. २५,२०५ र तेस्रो स्थान प्राप्त टिमले रु. १५,१०१ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सहभागी हुन इच्छुक टिमहरूले असोज २८ गते दिउँसो ३:३० बजेसम्म दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क रु. ३,००० तोकिएको छ। खेलका सम्पूर्ण नियमहरू नेपाली भलिबल संघको मापदण्डअनुसार लागू हुने र आयोजक समितिको अन्तिम निर्णय नै मान्य हुने जनाइएको छ।

कार्यक्रमका प्रमुख आयोजक अरुन रायमाझी  र चन्द्र पाण्डे  का अनुसार, “युवामा खेलप्रति रुचि बढाउँदै स्थानीय स्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताएका छ्न ।

त्यस्तै, अन्य संस्थाका पदाधिकारीहरूले खेलकुदमार्फत जिल्लामा नयाँ खेलाडी जन्माउने र युवामा खेलप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताएका छन्। आयोजक समितिले सबै खेलप्रेमीहरूलाई उपस्थिति जानाइ  कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

सम्पर्क: अध्यक्ष – अरुन रायमाझी (९८४५०६६५०४)सचिव – सुदीप पाण्डे (९८६७९२७७४८) चन्द्र पाण्डे (९८६७९२६६४८)

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?